म हिड्दा चल्दा म कोहिमा पसे भने म भौतारिएको छु शान्तिको खोजिमा
अनभिज्ञ छन मान्छेहरु
तर
म बोल्दा
तर्सिन्छन मान्छेहरु
डराउछन , चिच्याउछन्
अनी भाग्न थालछन
यता र उता
भन्छन भूत आयो
हो म भूत हुं
शान्तीको खोजीमा भौतारिएको
भूत हुँ म
मान्छे तेतिकै काम्न थाल्छ
अनी
म जे चाहन्छु तेही गर्छ
म जे बोल्छु तेही बोल्छ
दासी बन्छ मेरो
कोही मेरो नजिक आउन मान्दैन
डराउछन सबै
भन्छन भूत लाग्यो
हो म भूत हुँ
शान्तीको खोजीमा भौतारिएको
भूत हुँ म
तर
मान्छे किन??
अबस्य शान्तिको खोजिमा
त्येसो भये किन लड्छौ तिमीहरु??
अब छोड युद्दको बाटो
रोज शान्तिको पाटो
युद्द, त्रास फैलाउने काम त मेरो हो
किन बाधा बनी रहेका छौ तिमीहरु
यस्तै हो भने
तिमीहरुको अन्त्य निस्चित छ
हो चाडै नै तिमीहरु मर्ने छौ
अनी मेरो राज चल्ने छ यहाँ
हो मेरो राज चल्ने छ
अनी म भन्नेछु
म भूत हुँ
मान्छे मारेर बिश्वो राज गर्ने
भूत हुँ म !!!
Monday, July 27, 2009
भूत हुँ म !!
Labels: रचना
Subscribe to:
Comments (Atom)