Friday, August 7, 2009

योनकर्मी विश्वासिला कि राजनीतिक नेता ?

विश्वाश को सन्दर्भमा राजनीतिक नेता लाई पछारेका छन योन्कर्मिले । सुन्दा अनौठो लाग्ला तर यो कुरा सत्य हो । चाइनामा इनसाइट चाइना म्यागेजिनले गरेको अनलाइन सर्वेक्षण अनुसार किसान पहिलो स्थानमा आउछन भने धार्मिक नेताहरु दोस्रो स्थानमा अनी तेस्रो स्थानमा योनकर्मी आउछन । यही बर्ष २००९ जुलाई/जुनमा लियिएको सर्वेक्षणमा तीन हजार तीन सय ७६ चिनियाँ जनताले भाग लिएका थिए । सोही अनुसार योनकर्मी भन्दा राजनीतिकर्मी र वैज्ञानिक सुचीमा पछी परेका छन । यस्तो नतिजाले चाइनाको मिडिया जगतलाई चकित तुल्ल्याएको छ । सोही सन्दर्भमा सरकारी पत्रिका चाइना डेलीको सम्पादकीयमा लेखिएको छ "यस्तो सूची आश्चर्यजनक र लाजमर्दा हो" । अनी त्यस्तै ब्यंगात्मक तरिकाले चाइना डेलीले सम्पादकीयमा लेखेको छ, 'धन्न वैज्ञानिक तथा सरकारी अधिकारीहरू विश्वसनियताको सूचीमा सबैभन्दा तल परेनन् ।' चाइना जस्तो देशमा त येस्तो सोच्छन भने हाम्रो देशमा त झन के सोच्लान जनताले ?

0 comments: