Thursday, August 6, 2009

स्विकारे बिप्लब्मानले आफ्नो अपराध

आफ्नो जन्मदिनको पार्टी सकिएपछी निक्लने क्रम्मा बाटो मानै त्यस्तो ढुर्घटना घटेको स्विकारेका छन अपराधी मानिएका बिप्लब्मान सिंहले। आफ्नी आमा शान्तिसिंह डंगोलको नाउँमा रहेको बा४च ८०३० नम्बरको कारमा निकै रफ्तार्मा वीर अस्पातल नजिक आएका बिप्लब्ले अगाडिको मोटरबाइकलाई ओबरटेक गर्न खोज्दा स्टीरिङ्ग सम्हाल्न नसकेपछी गाडी अनियन्त्रित ढंगले पेटिमा उक्लिन पुगेको र तेही बेलामा बाटोमा हिंडेका मान्छे लाई लाग्न पुगेको उन्को भनाइ छ । "बाहिर निक्लेर हेर्दा धेरै मान्छे ढलेको देख्यौ अनी हामी सबै कता भाग्यौ कता पत्तै भएन"। एसो भनेका छन सिंहले प्रहरी सँगको बयानमा । आफुले अलिकती लागुपदार्थ सेवान गरेको पनि स्विकारेका छन निज्ले प्रहरी सामु। भागेर साथीको घरमा लुकेका सिंहले राती ११ बजे घरमा संपर्क गरेपछी घरकै अनुरोध्मा करिब १ घण्टा पछी प्रहरी सामु आत्मसमर्पन गरेका थिए। भारत को बंग्लोर शहरमा अध्ययन गर्ने सिंह आफुले आफ्नो जन्मदिन परिवार सँग मनाउनको लागि बिदा लम्ब्याएका थिए । यो नै घटनाको प्रमुख कारण भएको सिंहले बयान्का क्रम्मा प्रहरिलाई बतायेका छन ।

1 comments:

Lochan Acharya said...

गाडि चालकलाई प्रचलित कानुन अनुसार कारवाहि होला तर यसले भविश्यमा यस्तै लापरवाहि हुँदैन भनेर ग्यारेन्टि गर्दैन। किनभने नेपालको प्रहरी संयन्त्र चुस्त छ न त तिब्र गतिमा हाँकेको गाडिलाई पिछा गरि कारवाहि नै गर्न स्‍कने सामार्थय छ।