Thursday, August 6, 2009

भरेका छन आँखा हरु आसू झर्न बाँकी रह्यो!!!

भरेका छन आँखा हरु आसू झर्न बाँकी रह्यो 
कात्रो समेत्त तयार भयो मात्र मर्न बाँकी रह्यो 

मन्मा डेरा बस्ने हरु सबै ठीक पारी सके 
अब भित्ता लात हानी अन्तै सर्न बाँकी रह्यो

ठीक्क पारी सके नुन, चुक पनि तयार भो रे! 
घाऊ पनि बल्झी राछ अब भर्न बाँकी रह्यो

खै के गरु अब मैले सोच्न ठ्याम्मै सक्या हैन
हुनत सबै भै सक्यो के पो गर्न बाँकी रह्यो ?

भरेका छन आँखा हरु आसू झर्न बाँकी रह्यो 
कात्रो समेत्त तयार भयो मात्र मर्न बाँकी रह्यो!!!

0 comments: