Friday, August 14, 2009

अब जोगिएला कि हाम्रो सिमा !!!

इलाम, २९ साउन


पूर्वी नेपालका भारतीय सीमावर्ती क्षेत्रमा नयाँ स्तम्भ निर्माण गर्न दुवै देशका अधिकारीहरूबीच सहमति भएको छ । पूर्वी क्षेत्रमा भएको सीमा अतिक्रमण भारतीय पक्षले स्वीकार गरेपछि सो सहमति भएको हो ।


केही दिनअघि इलाम, पाँचथर र ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी तथा प्रहरी प्रमुख र भारतीय समकक्षी अधिकारीहरूबीच सिक्किममा भएको दुईदिने बैठकमा यस्तो सहमति भएको इलामका प्रमुख जिल्ला अधिकारी सुदर्शनप्रसाद ढकालले बताए । नेपालका अधिकारीहरूले सिक्किम सरकारलाई तत्काल सीमा समस्या समाधानका लागि प्रस्ताव गरेपछि सिक्किम सरकारले आफूहरूको पक्षबाट सीमा अतिक्रमण भएको स्वीकार गरेको बताइएको छ ।


पश्चिम सिक्किमसँग सिमाना जोडिएका पूर्वी पहाडी जिल्लाहरू इलाम, पाँचथर र ताप्लेजुङका पूर्वी सीमावर्ती क्षेत्रमा केही समयभित्रै नयाँ सीमास्तम्भ निर्माण गरिने दुवै देशका अधिकारीहरूबीच सहमति भएको छ । जसअनुसार सीमावर्ती क्षेत्रहरू जमलेपोखरी, गैरी, फाल्की, बज्रडाँडालगायतका स्थानमा बिगि्रएका, हराएका र सारिएका क्रमशः ३६ नम्बरको प्रमुख सीमा स्तम्भ, तथा ४१/१, ४३/१, ४३/१, ४३/३, ४८/१, ५०/१ र ५०/३ नम्बरका सहायक सीमास्तम्भहरू निर्माण गर्ने र ३९ नम्बरको हराएको सीमास्तम्भ बनाइने भएको छ ।


'सीमास्तम्भ निर्माणका लागि अक्टोबर २० सम्ममा दुवै पक्षका अधिकारीहरूको टोलीले सीमा क्षेत्रको अवलोकन गर्नेछ,' प्रमुख जिल्ला अधिकारी ढकालले नयाँ पत्रिकासँग भने, 'अवलोकनका क्रममा भेटिएका प्रमाणका आधारमा नयाँ सीमास्तम्भ बनाइनेछ ।'


गृह मन्त्रालयले दिएको निर्देशनअनुसार बैठकमा सीमा अतिक्रमणसँगै सीमा क्षेत्रमा हुने विभिन्न गतिविधिका बारेमा पनि छलफल भएको थियो । सीमावर्ती क्षेत्रमा बसोवास गर्ने नेपालीमाथि भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले गरिरहेको ज्यादती रोक्ने विषयमा पनि भारतीय पक्ष सकारात्मक रहेको पाइएको प्रजिअ ढकालले बताए । यसैगरी पूर्वी इलाम, झापा, पाँचथर र ताप्लेजुङका विभिन्न स्थानहरूबाट वर्षेनि ठूलो परिमाणमा भारततर्फ अवैध रूपमा निकासीे र चोरी हुने काठ, जडीबुटी तथा पशुपक्षीहरूको चोरीतस्करी रोक्नमा भारतीय अधिकारीहरू सहमत भएका छन् । तीन महिनापछि नेपालमा दुवै देशका अधिकारीबीच अर्को बैठक बस्नेसमेत सहमति भएको छ । दुई देशका गृहसचिवबीच भएको सम्झौताअनुसार तीन महिनाको अन्तरमा बस्ने भनिए पनि आठ वर्षपछि बैठक बसेको हो ।


इलामको पूर्वी सीमावर्ती क्षेत्रका विभिन्न स्थानमा २० रोपनीभन्दा बढी नेपाली भू-भाग भारतीय पक्षबाट अतिक्रमण भएको विभिन्न समयमा खटिएका राज्य र स्थानीयस्तरका सीमा निरीक्षण टोलीको ठहर गरिसकेका छन् ।


Source : Nayapatrika

Thursday, August 13, 2009

पूर्व राजा भन्छन मैले कर तिर्न पाइन !!!



काठमाडौं, २८ साउन

गणतन्त्र स्थापना भएको वर्ष दिन बितिसक्दा पनि नागरिकको रूपमा कर तिर्न नपाएकोमा पूर्वराजा ज्ञानेन्द्रले गुनासो गरेका छन् । महसुल र कर तिर्छु भन्दा पनि सरकारले चासो नगरेको भन्दै उनले अर्थ मन्त्रालयलाई पत्रसमेत लेखेका छन् ।

अर्थमन्त्री सुरेन्द्र पाण्डेका अनुसार ज्ञानेन्द्रले साउनको दोस्रो साता पत्र लेखेर आफूले प्रयोग गरेका विभिन्न सेवाको महसुल तथा कर स्पष्ट गरिदिन अर्थ मन्त्रालयलाई आग्रह गरेका हुन् । ज्ञानेन्द्रले आफू साधारण नेपाली नागरिक भएकोले आफ्नो घरजग्गाको कर, पानी, बिजुली र टेलिफोनको महसुल कति तिर्नुपर्ने हो स्पष्ट गरिदिन माग गरेका छन् ।

फुलस्केप पेपरमा विनासम्बोधन लेखिएको पत्र ज्ञानेन्द्रका सहयोगी रामचन्द्र सुवेदीले साउनको दोस्रो साता अर्थ मन्त्रालयको राजस्व महाशाखामा बुझाएका थिए । मन्त्रालयका अधिकारीहरूले पत्र लिएर आउने सुवेदीलाई वारेसनामा पनि ल्याउन भनेका थिए । त्यसपछि सुवेदी सम्पर्कमा नरहेको मन्त्रालयका अधिकारीहरूले बताएका छन् ।

१५ असार ०६५ मा राजाबाट नागरिक भएका ज्ञानेन्द्रले त्यही वेलादेखि नै कर र महसुल तिर्ने बताएका छन् । 'ज्ञानेन्द्रले कर तथा महसुल क्लियर गर्न चाहेका रहेछन्, पत्र अर्थ मन्त्रालयमा आएको छ,' मन्त्री पाण्डेले बुधबार अर्थ मन्त्रालयमा पत्रकारहरूसँग भने । पहिले नै करको विवरण मागेर ज्ञानेन्द्रले सहुलियतको अपेक्षा गरेको हुन सक्ने आशंका अर्थमन्त्रीले गरे । सम्बन्धित सरकारी निकायले कर र महसुल तोकेर असुलउपर गर्ने पनि उनले बताए ।

ज्ञानेन्द्रले भने कर तथा महसुलहरू तिरेर आफू सम्मानित नागरिकको हैसियतमा बस्न चाहेकोसमेत उल्लेख गरेका छन् । उनले आफू बस्दै आएको निर्मलनिवास मात्र होइन, नातेदारको घरमा रहेका टेलिफोनको विवरण पनि दिएर महसुलबारे जानकारी मागेका छन् ।

राजाको हैसियतमा लिएका टेलिफोनको महसुल गणतन्त्र आएपछि तिर्न नेपाल टेलिकमका महाप्रबन्धकलाई यसअघि नै पत्र लेखेको पनि उनले बताएका छन् । 'तर टेलिकमले महसुल उठाउन कुनै चासो देखाएन,' उनले गुनासो गरेका छन् ।

पत्रमा पूर्वराजा ज्ञानेन्द्रले निर्मलनिवास महाराजगन्जमा सात लाइन, छोरी प्रेरणाको विजयानिवास छाउनीमा पाँच लाइन, जीवनकुञ्ज महाराजगन्जमा तीन लाइन, सिताष्मा शाहीको निवासमा तीन लाइन, शोभा शाहीको निवासमा तीन लाइन टेलिफोन रहेको जानकारीसमेत दिएका छन् । पत्रमा उनले यो सबै सुविधा राजा तथा राजपरिवारको हैसियतमा लिएको पनि स्पष्ट पारेका छन् ।

ज्ञानेन्द्रले निर्मलनिवास, जीवनकुञ्ज र शोभागृहको कर तिर्न चाहेको उल्लेख गरेका छन् । शोभाको नाममा रहेको कमलादीको घर र धीरेन्द्रका छोरीहरूको नाममा रहेको जीवनकुञ्जको कर तिर्न उनीहरूले यसअघि नै महानगरपालिकामा सम्पर्क गरिसकेका छन् ।

Source : nayapatrika

Friday, August 7, 2009

हतियारको खाचो छ कि सबै दलको सहमतिको?

रक्षामन्त्री विद्या भण्डारीले सरकारले चाहे कुनै पनि वेला भारत वा तेस्रो मुलुकबाट हतियार ल्याउन सक्ने दाबी गरेकी छिन् । भारत भ्रमणबाट र्फकेपछि बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री भण्डारीले नेपालले आवश्यक ठाने भारतले सैनिक सहायता दिने वचन दिएको पनि खुलासा गरिन् । 'शान्तिप्रक्रिया सम्पन्न गर्न सहयोगी हुने गरी र राज्यसंयन्त्र सुदृढ गर्न आवश्यक परेका वेला सैनिक उपकरण सहयोग गर्न भारत सहमत भएको छ,' रक्षामन्त्री भण्डारीले भनिन्, 'सेनालाई आवश्यक परेका वेला जहाँबाट पनि उपकरण ल्याउन सकिन्छ, भारतले पनि सहयोगको वचन दिएको छ ।' नेपाली सेनाले प्रयोग गर्दै आएको इन्सास, एसएमजीलगायतका हतियार र गोलीगठ्ठा सहयोग भारतले १९ माघ ०६१ को शाही कदमपछि रोकेको थियो । मन्त्री भण्डारीको भारत भ्रमणसँगै उपकरण दिन भारत सहमत भएको हो । तर हामी नेपाली जनताले नबुझेको कुरो के भने यो शान्तिप्रक्रिया सम्पन्न गर्न हतियारको खाचो छ कि सबै दलको सहमतिको? अनी राज्यसंयन्त्र सुदृढ गर्न हतियार चाहिने भये किन भारत देखी अथवा अरु कुनै देश देखी हतियार ल्याउनु पर्‍यो । आफ्नै देश म त्एती धेरै हतियार माओवादी सँग छन बरु सक्दो चाडो उनिहरु सँग सहमति गरे हुन्थेन र ? आफ्नो देशको समस्या पनि हल हुने अनी बाहिरी देश सँग झुक्न पनि नपर्ने । तर अहिले को सरकारलाई येति जाबो कुरा पनि किन नआयेको होला ? अनी भण्डारीज्युले नेपाल भनेर चाँही कस्लाई भन्नु भको अली स्पस्ट भएन जस्तो लाग्यो ? त्यो माकुने ज्युलाई कि हाम्री आमालाई हँ ?

योनकर्मी विश्वासिला कि राजनीतिक नेता ?

विश्वाश को सन्दर्भमा राजनीतिक नेता लाई पछारेका छन योन्कर्मिले । सुन्दा अनौठो लाग्ला तर यो कुरा सत्य हो । चाइनामा इनसाइट चाइना म्यागेजिनले गरेको अनलाइन सर्वेक्षण अनुसार किसान पहिलो स्थानमा आउछन भने धार्मिक नेताहरु दोस्रो स्थानमा अनी तेस्रो स्थानमा योनकर्मी आउछन । यही बर्ष २००९ जुलाई/जुनमा लियिएको सर्वेक्षणमा तीन हजार तीन सय ७६ चिनियाँ जनताले भाग लिएका थिए । सोही अनुसार योनकर्मी भन्दा राजनीतिकर्मी र वैज्ञानिक सुचीमा पछी परेका छन । यस्तो नतिजाले चाइनाको मिडिया जगतलाई चकित तुल्ल्याएको छ । सोही सन्दर्भमा सरकारी पत्रिका चाइना डेलीको सम्पादकीयमा लेखिएको छ "यस्तो सूची आश्चर्यजनक र लाजमर्दा हो" । अनी त्यस्तै ब्यंगात्मक तरिकाले चाइना डेलीले सम्पादकीयमा लेखेको छ, 'धन्न वैज्ञानिक तथा सरकारी अधिकारीहरू विश्वसनियताको सूचीमा सबैभन्दा तल परेनन् ।' चाइना जस्तो देशमा त येस्तो सोच्छन भने हाम्रो देशमा त झन के सोच्लान जनताले ?

Thursday, August 6, 2009

"नयाँ ठेगानामा डेरा सरेको सुचना"

आजकै मिती बाट यहाँहरुकै सुबिधा को लागि हामी नयाँ ठेगानामा डेरा सरेको जानकारी गराउदछौ र अझै नयाँ ठाउँ मा पहिलेको भन्दा राम्रो सुबिधा दिने प्रण गर्दछौ। हाम्रो नयाँ ठेगाना एस प्रकार छ : http://blog.luvnepal.com

स्विकारे बिप्लब्मानले आफ्नो अपराध

आफ्नो जन्मदिनको पार्टी सकिएपछी निक्लने क्रम्मा बाटो मानै त्यस्तो ढुर्घटना घटेको स्विकारेका छन अपराधी मानिएका बिप्लब्मान सिंहले। आफ्नी आमा शान्तिसिंह डंगोलको नाउँमा रहेको बा४च ८०३० नम्बरको कारमा निकै रफ्तार्मा वीर अस्पातल नजिक आएका बिप्लब्ले अगाडिको मोटरबाइकलाई ओबरटेक गर्न खोज्दा स्टीरिङ्ग सम्हाल्न नसकेपछी गाडी अनियन्त्रित ढंगले पेटिमा उक्लिन पुगेको र तेही बेलामा बाटोमा हिंडेका मान्छे लाई लाग्न पुगेको उन्को भनाइ छ । "बाहिर निक्लेर हेर्दा धेरै मान्छे ढलेको देख्यौ अनी हामी सबै कता भाग्यौ कता पत्तै भएन"। एसो भनेका छन सिंहले प्रहरी सँगको बयानमा । आफुले अलिकती लागुपदार्थ सेवान गरेको पनि स्विकारेका छन निज्ले प्रहरी सामु। भागेर साथीको घरमा लुकेका सिंहले राती ११ बजे घरमा संपर्क गरेपछी घरकै अनुरोध्मा करिब १ घण्टा पछी प्रहरी सामु आत्मसमर्पन गरेका थिए। भारत को बंग्लोर शहरमा अध्ययन गर्ने सिंह आफुले आफ्नो जन्मदिन परिवार सँग मनाउनको लागि बिदा लम्ब्याएका थिए । यो नै घटनाको प्रमुख कारण भएको सिंहले बयान्का क्रम्मा प्रहरिलाई बतायेका छन ।

जब पर्‍यो बानी तिम्रो, अनी फेरी घात दियौ!!!

एक्लै रमाइ राको बेला, मायाको त्यो साथ दियौ 
जब पर्‍यो बानी तिम्रो, अनी फेरी घात दियौ

सुन्य थिए म, माया भन्ने त्यो बिषयमा 
ब्यर्थै आइ यो जीवनमा, योबनको मात दियौ 
जब मर्यो अनबिज्ञता, अनी फेरी घात दियौ

के हो कामबासना?, अह कत्ती थाहा थिएन 
लोभ देखाइ त्यो शरीरको, मिठा मिठा रात दियौ 
जब चढ्यो नशा तिम्रो, अनी फेरी घात दियौ

जीवन देखी दिक्क भाथे, थिएन बाँच्न कत्ती मन 
अर्थ बुझाई जीवनको, बाँच्नलाई आश दियौ 
जब बन्यौ बाँच्नको कारण, अनी फेरी घात दियौ

एक्लै रमाइ राको बेला, मायाको त्यो साथ दियौ 
जब पर्‍यो बानी तिम्रो, अनी फेरी घात दियौ

मेरी कबिता !!


तिमी बग्छौ नित्य 
जब बग्छ मेरो मन 
जब आत्माले साथ छोड्छ 
तिमी बन्छौ मेरो बाच्ने आधार !!!

तिमी बिना जीवन अधुरो छ
तिम्रो भाब बुझ्न जो कोही सक्दैन 
जस्ले बुझ्छ त्यो पागल कहलाउछ 
अनी बन्छ पागलको शहर!!!

हो म मर्छु तिमी बिना 
त्एसैले बिन्ती सानु
नहुनु मदेखी अलग 
छर्नु यहाँ खुशीको लहर!!! 
चाहे बनोस पागलको शहर!!! 
तिमी मेरो बाच्ने आधार!!!
तिमी बिना जीवन बेकार!!!
तिमी छौ खुशीको बहार!!!
त्एसैले त म भन्ने गर्छु 
मेरी कबिता 
तिमी मात्रा 
मेरी कबिता !!!


हल्का हल्का लिएको हुँ हल्का हल्का पिएको हुँ

हल्का हल्का लिएको हुँ हल्का हल्का पिएको हुँ 
तिमी गयौ मन च्याति त्येइ मनलाई सिएको हुँ 

आउछौ तिमी फर्की अबस्य एक दिन यहाँ 
एक मात्र आशा राखी आज सम्म जिएको हुँ

पागल भन्छन सानु तिमी बिना यहाँ मलाई
पागल भने पागल सही तेइसैले पिउन हौसिएको हुँ 


साथ तिमी छैनउ प्रिया एउटा नशा चाइदो रैछ 
तेइ नशाको तिर्खा मेटाउन अलिकती लिएको हुँ

हल्का हल्का लिएको हुँ हल्का हल्का पिएको हुँ 
तिमी गयौ मन च्याति त्येइ मनलाई सिएको हुँ !!!

अब एक्लै बाच्नु पर्छ रे!

अब एक्लै बाच्नु पर्छ रे!
जीवन एक्लै काट्नु पर्छ रे!!
उनी बिना बाँच्न सक्छु भनी
आँफैलाई धाट्नु पर्छ रे !!!
के सम्भब होला र भनी
सोध्छु भनौदा हरु लाई
भन्छन खुट्टा भये
जुत्ता कती कती
अनी एक्छिन मन बुझाउछु
सोच्छु
गहिरिएर सोच्छु
आँफैमा हराउछु
सम्झन्छु ति दिनहरुलाई
खाएका ति कसमहरु
सजाएक अनौठा सपनाहरु
साच्चै नै कती रमाइला थिए ति दिनहरु
अंगालोमा बाधियेका ति पलहरु
अनी एउटा प्रश्न मा अल्झिन्छु
खुट्टा भये जुत्ता त पाइएला
तर के पहिले को जस्तै
सुहाउने अनी मिल्ने पाइएला त???

आयौ तीमी हे रुपशी उत्शाह का लहर बनी !!!

आयौ तीमी हे रुपशी उत्शाह का लहर बनी 
छायाउ तीमी हे रुपशी चारै थरी प्रहर बनी 

सुन्मा सुगन्ध थपे झै मन्मा उमंग भरे झै 
आयौ तीमी हे रुपशी गजल्को बहर बनी 

मान्छे को यो कोलाहलमा बाँच्न नसक्ने भाथे म 
आयौ तीमी हे रुपशी बेग्लै सुन्दर शहर बनी 

पागल भन्थे एक्लो भन्थे यहाँ का भनौदाहर्ले 
आयौ तीमी हे रुपशी सब आँखाको रहर बनी 


पथ्बीहीन् यो कीरन भौतारीदै हीडीराथ्यो

आयौ तीमी हे रुपशी मोद्बीहीन डहर बनी


आयौ तीमी हे रुपशी उत्शाह का लहर बनी 
छायाउ तीमी हे रुपशी चारै थरी प्रहर बनी !!!

चाडै आउ!!!

गन्तब्य हीन बगी रहेछ त्यो खोला 
त्एसरी नै चली रहेछ मेरो जीवन 
घाइते चरी छट्पत्ती रहेछ जसरी
त्एसरी नै तड्पी रहेछ यो मन

के हुने हो तीमी बीना को आउदो बीहान
सोच्दा पनी काहाली लागेर आउछ
खै बाच्ने पो कसरी हो एक्लै यहाँ
उजेलो दीन्मा पनी अधेरीले बास पाउछ

लाग्छ म्रीत्यु नै हो एक बीकल्प 
अनी नीडर हुन्छु प्रयास गर्छु मर्न
तर फेरी आशा आउछ फर्की आउछौ तीमी
खुसी मेरा सबै बोकी यो चर्केको घाऊ भर्न

बीश्वास थीयो तीम्रो आफ्नो भन्दा धेरै 
त्एसैले त दीएको थीये मन भीत्र ठाउँ
एक्दमै एक्लो भाछु तीमी बीना सानु
अन्तीम पल्ट बीन्ती गर्छु चाडै आउ!!!

भरेका छन आँखा हरु आसू झर्न बाँकी रह्यो!!!

भरेका छन आँखा हरु आसू झर्न बाँकी रह्यो 
कात्रो समेत्त तयार भयो मात्र मर्न बाँकी रह्यो 

मन्मा डेरा बस्ने हरु सबै ठीक पारी सके 
अब भित्ता लात हानी अन्तै सर्न बाँकी रह्यो

ठीक्क पारी सके नुन, चुक पनि तयार भो रे! 
घाऊ पनि बल्झी राछ अब भर्न बाँकी रह्यो

खै के गरु अब मैले सोच्न ठ्याम्मै सक्या हैन
हुनत सबै भै सक्यो के पो गर्न बाँकी रह्यो ?

भरेका छन आँखा हरु आसू झर्न बाँकी रह्यो 
कात्रो समेत्त तयार भयो मात्र मर्न बाँकी रह्यो!!!

अब होस्मा आउनु भन्दा बेहोसी मै बस्न जाती!!!

अब होस्मा आउनु भन्दा बेहोसी मै बस्न जाती 
जब मन्बाटै भागे पछी साह्रै प्यारो मन्को साथी 

गाउपारी त्यो डाँडा मा सानो घर सजाउने रहर 
सुख दु:ख सबै बाडी सँगै मर्ने बाच्ने रहर 
मन थियो सँगै सँगै उड्ने त्यो आकाश माथि 
सपना मै सिमित रह्यो गये पछी डाँडा काटी 

एक आपसको गहिरो प्रेममा खुशी थियौ हामी दूबै 
छितिज पारी सपना पनि बुन्थ्यौ सँगै हामी दूबै 
आफ्नै भन्दा विश्वाश गर्ने निक्ले पछी एस्तो घाती 
बसेको छु आज एक्लै नशा सँग दु:ख साटी 

अब होस्मा आउनु भन्दा बेहोसी मै बस्न जाती 
जब मन्बाटै भागे पछी सारी प्यारो मन्को साथी!!!